दफा ४क
भन्सार जाँचपास परीक्षण कार्यालयको स्थापना
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार भन्सार जाँचपास परीक्षण कार्यालय स्थापना गर्न सक्नेछ ।

(२) यो दफा प्रारम्भ हुनुभन्दा अघि स्थापना भएको भन्सार जाँचपास परीक्षण कार्यालय यसै दफा बमोजिम स्थापना भएको मानिनेछ ।